Logo

दोलखाकाे प्रदेश सभा-१ मा कांग्रेसका कुन्दनराज काफ्ले विजयी



काठमाडौं, मंसिर १९। दोलखाको प्रदेश सभा १ मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी भएका छन्।

आइतबार साँझ कांग्रेसका उम्मेदवार काफ्ले २२ हजार ७ सय ९७ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार नरबहादुर श्रेष्ठले १४ हजार ७ सय ५५ मत प्राप्त गरेर गरेर पराजित भए।

दोलखाको प्रदेश सभा २ मा भने एमालेका उम्मेदवार भरतबहादुर केसी विजयी भइसकेका छन् । दोलखामा प्रतिनिधि सभातर्फको मतगणना भने अहिले पनि जारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्