Logo

दोलखामा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित



दोलखा, मंसिर १९। दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का गंगा कार्की निर्वाचित भएका छन् ।

नेकपा (एमाले) उम्मेदवार बालकृष्ण शिवाकोटीलाई झिनो मतान्तरले पराजित गर्दैै निर्वाचित भएका हुन् ।

कार्कीले ३६ हजार ९९५ मत ल्याउँदा एमालेका सिवाकोटीले ३६ हजार ४७७ मत ल्याएका छन् ।

मंसिर चारमा भएको मतदानमा दोलखाका केही मतदान केन्द्रमा ‘बुथ कब्जा’ भएको निष्कर्षसहित पुनः मतदान गराइएको थियो । दोलखाका १० वटा मतदान केन्द्रमा १५ मंसिरमा पुनः निर्वाचन भएको थियो।

Photo Source: Tenzing Lama



प्रतिक्रिया दिनुहोस्