Logo

एमालेसँग मिलेर सरकार बनाउने कुरा हल्लामात्रै हो, गठबन्धनकै सरकार बन्छ : बस्नेत (भिडिओसहित)



काठमाडौं, १९ मंसिर । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा जाँजरकोटबाट प्रतिनिधिसभामा निर्वाचित सांसद शक्तिबहादुर बस्नेतले आफ्नो पार्टीले पाँच दलीय गठबन्धन नतोड्ने दाबी गरेका छन् ।

गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्ने कुरा हल्लामात्रै भएको उनको दाबी छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूहरुले गठबन्धनबाटै चुनाव लडेको र जनताले पनि गठबन्धनको लागि म्याण्डेट दिएकोले देशको निम्ति गठबन्धन आवश्यक रहेको बताए । उनले अब गठबन्धनकै नेतृत्वमा सरकार बनाउने पनि जिकिर गरे । यद्धपी उनले मंसिर ४ गते सम्पन्न भएको निर्वाचनबारे पार्टीमा निर्मम समिक्षा भैरहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्