Logo

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?



काठमाडौं, मंसिर १९ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला चार सय रुपैयाँले बढेको छ ।

http://www.adbl.gov.np

आईतबार प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार नौ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार चार सय रुपैयाँ कायम रहेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १५ रुपैयाँले बढेर एक हजार तीन सय ८५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्