Logo

पहिलो संसदीय यात्रामा प्रवेश गर्दै कार्की



दोलखा, १९ मंसिर । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य गङ्गा कार्की निर्वाचित हुनुभएको छ ।

नेता कार्कीले ३६ हजार सात सय ९९ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी नेकपा ९एमाले०का बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ८२ मत प्राप्त गर्नुभयो ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका ५७ वर्षे कार्की दोलखाको जुँगु गाविस–७ फाल्टुकमा विसं २०२२ मा पिता टेकबहादुर कार्की र माता अमृतकुमारी कार्कीको कोखबाट पहिलो सन्तानका रुपमा जन्मिनुभएको थियो । पार्टीमा उहाँ ‘विश्व’ उपनामले परिचित हुनुहुन्छ ।

उहाँका जेठो छोरा विश्वास कार्की स्थानीय तहको निर्वाचनमा गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँको राजनीतिक जीवन २०४२ सालबाट सुरु भएको हो । उहाँले विसं २०४८ सालमा नेकपा एकता केन्द्रको जिल्ला सचिव भएर काम गर्नुभएको थियो भने विसं २०४८ मा एकता केन्द्रको क्षेत्रीय ब्यूरो सदस्य पनि हुनु भएको थियो ।

कार्कीले जनयुद्धको अवधिमा विसं २०५४ मा सोलु ओखलढुङ्गाको जिल्ला सचिव, २०५५ देखि साढे तीन वर्ष भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ र धनुषाको जिल्ला सचिव र इञ्चार्जको जिम्मेवारी पनि निर्वाह गर्नुभएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्