Logo

निर्वाचनको समिक्षा र सरकार गठनबारे छलफल गर्न गठबन्धनको बैठक सुरु



काठमाडौं, मंसिर १९ । नयाँ सरकार गठनबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सुरु भएको बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु नारायणकाजी श्रेष्ठ ,देव गुरुङ ,रामचन्द्र पौडेल,कृष्ण सिटौला,पुर्ण बहादुर खडका,माधव नेपाल,बेदुराम भुसाललगायतको उपस्थिति रहेको छ ।

यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ। यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीले १० स्थानमा जित निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ।

 

Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्