Logo

भुवन केसीले अब अध्यक्षको हैसियतले कामकाज गर्न पाउने



काठमाडौं, १९ मंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई अध्यक्षको हैसियतमा कामकाज गर्न बाटो खुल्ला भएको छ ।

केसीमाथि योग्यताको प्रश्न उठाउदै परेको रिटमाथि सुनुवाई गर्दै गत साउन ३० गते सर्वोच्च अदालतले अध्यक्षको हैसियतमा कामकाज नगर्न अल्पकालिन आदेश जारी गरेको थियो ।

आज न्यायाधीश डा.आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएको हो । आदेशसँगै केसीको विकास बोर्डको अध्यक्षको हैसियतमा काम गर्न तत्काललाई बाटो खुलेको हो ।



प्रतिक्रिया दिनुहोस्