Logo

जापान र कोरिया विश्वकप फुटबलबाट बाहिर



काठमाडौं, मंसिर २०। एसियाली टोली जापान र दक्षिण कोरिया विश्वकप फुटबलबाट बाहिरिएका छन् । सोमबार राति भएको खेलमा जापान क्रोसियासँग पेनाल्टी सुटआउतमा पराजित भयो भने मंगलबार बिहान भएको खेलमा दक्षिण कोरिया ब्राजिलसँग ४–१ ले पराजित भयो ।

यो बिजयीसंगै ब्राजिल अन्तिम १६ औ बाट क्वाटरफाइनलमा प्रवेश गरेको छ । ब्राजिलले मध्यान्तर अगाडी नै ४-० ले अग्रता लिएको थियो भने मध्यान्तर पछि दक्षिण कोरियाले एक गोल गरेको थियो । ब्राजिलको तर्फबाट भिनिसियस जुनियर, नेमार, रिचार्लिसन र लुकास पक्वेटाले पहिलो ४५ मिनेट अगाडी पालैसंग गोल गरेका थिए । ७६ औं मिनेटमा दक्षिण कोरियाले एक गोल फर्कायो । अब ब्राजिल शुक्रबार क्रोसियासंग भिड्ने छ ।

यता, फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत सोमबार पेनाल्टी सुटआउटमा जापानलाई पराजित गर्दै साविक उपविजेता क्रोएसिया विश्वकपको क्वार्टरफाइनलमा पुगेको हाे । अल जानोब रंगशालामा जारी जापान र क्रोएसियाबीचको खेल निर्धारित/अतिरिक्त समयमा १–१ गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । सुटआउटमा जापान दुर्भाग्यशाली साबित हुँदा क्रोएसिया १–३ ले विजयी भयो । डाइजेन माइदाले ४४औं मिनेटमा गोल गर्दै एसियाली मुलुकलाई अग्रता दिलाएका थिए ।

कप्तान माया योसिडाले दिएको पासलाई पेनाल्टी एरिया भित्र चनाखो भएर बसेका माइडाले गोलमा परिणत गरेका हुन्। समूह चरणका जर्मनी र स्पेनलाई पराजित गर्दै नकआउट चरणमा पुगेको जापानले पहिलो हाफमा महत्त्वपूर्ण अग्रता लिएको थियो । तर, ५५औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई बराबरीमा फर्काएका हुन्। डेजान लोभरेनले दिएको क्रसलाई पेनाल्टी एरिया भित्रबाट हेडरमार्फत पेरिसिचले गोलमा परिणत गरेका थिए।



प्रतिक्रिया दिनुहोस्