Logo

मनिष सुमनलाई ऋषि धमलाको प्रश्न : तपाईँहरु प्रतिपक्षमा बस्न सक्नुहुन्छ र ? (भिडिओसहित)



काठमाडौं, २० मंसिर । जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनले जनताले यसपटक आफ्नो दललाई प्रतिपक्षमा बस भनेर जनादेश दिएको स्पष्ट पारेका छन् । उनले सरकारको नेतृत्व गर्ने जनादेश कांग्रेस र एमालेमा रहेको सुनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूहरुले एमालेलाई धोका नदिएको स्पष्ट पारे ।

उनले भने,‘केपी शर्मा ओलीले यस्तो भन्नुभयो होला भनेर मैले पत्याएको छैन् । तर, तपाईँले भनेपछि मैले विश्वास गरेको छु । यदि त्यसो हो भने उहाँको बुझाईमा समस्या छ ।’ उनले आफूहरु कोहीसँग पानी बाराबारको अवस्थामा नरहेको पनि जिकिर गरे ।

उनले आफूहरु मुद्दाको हिसाबले दलहरुसँग सहकार्य गर्न खुला रहेको पनि स्पष्ट पारे । उनले भने,‘हाम्रो माग जसले सम्बोधन गर्छ, उसँग हामी नजिक हुन्छौं ।’ कुराकानीको क्रममा पत्रकार धमलाले तपाईँहरु प्रतिपक्षमा बस्न सक्नुहुन्छ र ? भनेर सोधेको प्रश्नमा उनले भने–‘किन नसक्नु ? हामीलाई जनताले प्रतिपक्षमा बस्नको लागि नै म्याण्डेट दिएका छन् ।’

 



प्रतिक्रिया दिनुहोस्