Logo

मलाइकाले अरबाजलाई विवाहको प्रस्ताव राखेको खुलासा



एजेन्सी, २० मंसिर । बलिउड अभिनेत्री मलाइका अरोराले हालै आफ्नो शो ‘मुभिङ इन विथ मलाइका’ मा आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनका बारेमा खुलेर कुरा गरेकी छिन् । शोमा मलाइकाले अरबाजसँगको सम्बन्ध कसरी टुट्यो र अरबाजलाई किन डिभोर्स गरिन् भन्ने खुलासा गरिन् । मलाइकाले पनि आफू घरबाट बाहिर निस्कन चाहनेले अरबाजसँग विवाह गरेको बताएकी छिन् ।

मलाइकाले भनिन्, ‘अरबाजलाई प्रपोज गर्ने म नै हुँ । यो कसैलाई थाहा छैन। अरबाजले मलाई प्रपोज गरेनन् । मैले उनलाई ‘म बिहे गर्न चाहन्छु’ भनेको थिएँ । तिमी तयार छौ?’ उनले (अरबाज) मायालु हुँदै मलाई भने, ’तिमीले दिन र ठाउँ रोज।’

मलाइकाले थप भनिन्,‘त्यतिबेला म निकै सानो थिएँ । म पनि परिवर्तन भएँ । म जीवनमा विभिन्न चीजहरू चाहन्थें र मलाई लाग्छ कि हामी वास्तवमा आज राम्रो मानिसहरू हौं। दबंग रिलिज नहुदासम्म हामी बीचको कुरा ठीकै थियो तर त्यसपछि हामी निकै चिडचिडा भयौं र अलग हुन थाल्यौं । हामी हरेक कुरामा बहस गर्थ्यौं ।’ यसै क्रममा फराहले पनि दबंगपछि दुवै अलग हुन थालेको स्वीकार गरिन् ।

मलाइका अरोराले १९९८ मा अभिनेता अरबाज खानसँग विवाह गरेकी हुन् । जसबाट उनको एक छोरा अरहान छ । विवाहको १९ वर्षपछि सन् २०१७ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो । डिभोर्सपछि पनि मलाइका र अरबाज प्रायः छोरासँग भेटिन्छन् । मलाइकाले सम्बन्धविच्छेदका बेला अरबाजसँग १५ करोड भारु लिएकी थिइन् । डिभोर्स भएदेखि मलाइका अर्जुन कपूरसँग डेट गरिरहेकी छिन् भने अरबाज खान मोडल जर्जिया एन्ड्रियानीसँग डेट गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्