Logo

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, २० मंसिर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला छ सय रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार तीन सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार चार सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले घटेर रु एक हजार तीन सय ५० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्