Logo

‘असली सुकुम्बासीको व्यवस्थापन गर, नक्कली सुकुम्बासीलाई कारवाही गर’



काठमाडौं, २० मंसिर । थापाथलीस्थित बाग्मती किनारमा बसोबास गर्दै आएका बासिन्दाहरुलाई हटाउन माग गर्दै महानगरपालिका अगाडी प्रदर्शन भइरहेको छ ।

उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले नक्कली सुकुम्बासीलाई कारबाही गर्नुपर्ने माग गरेको हो । समितिले असली सुकुम्वासीको व्यवस्थापन गर्न समेत आग्रह गरेको छ ।

समितिले आज काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।

उनीहरुले ‘सुकुम्बासीको अर्थ भुमिहिन हो। भुमि भएका कसरी सुकुम्बासी हुन्छ’, ‘असली सुकुम्बासीको व्यवस्थापन गर, नक्कली सुकुम्बासीलाई कारवाही गर’, ‘सुकुम्बासीको नाममा राजनीति गर्न पाइदैन’जस्ता प्लेकार्ड बोकेर विरोध प्रदर्शनमा उत्रिएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्