Logo

राजधानी सार्नुको विकल्प छैन–मन्त्री खड्का



लुम्बिनी, २० मंसिर । लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले राजधानी सार्नुको विकल्प नभएको बताएका छन् ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खड्काले प्रदेश सभाले बहुमतका साथ पारित गरेको विषयलाई कार्यान्वयन गर्नु सरकारको दायित्व भएको जिकिर गरे ।

उनले राप्ती,भेरी र लुम्बिनीको भावनालाई समेटेर लुम्बिनी प्रदेशको नाम र राजधानी तोकिएको बताउदै राजधानीको विषयलाई अतिरन्जित ढङ्गले व्याख्या नगर्न सबैलाई आग्रह गरे । मन्त्री खड्काले दाङ्गको राप्ती उपत्यका देउखुरीमा निर्मित प्रदेश सभाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिदै प्रदेश मातहतका मन्त्रालयहरु औपचारिक कार्यक्रमका साथ प्रदेश सरकार अगाडि बढ्ने बताए ।

मन्त्री खड्काले अन्तराष्ट्रिय शक्ति केन्द्रहरुले देशको संविधान , राष्ट्रिय स्वाधिनता र व्यवस्था माथि दरार पैदा गरेर प्राप्त उपलब्धीहरु नै गुम्ने खतरा बढेको बताए । राजनीतिक दलको विकल्प स्वतन्त्र वा कुनै व्यक्ति विशेष नहुने जिकिर गर्दै लोकतन्त्रको स्थापनाको लागी जेलनेल यातना भोगेका नेताहरुको भावनालाई कुल्चेर कुनै विचार र गन्तव्य नै नभएहरुले फैलाएको अफवाहले देशलाई सही मार्गमा लैजान नसक्ने ठोकुवा गरे ।



प्रतिक्रिया दिनुहोस्