Logo

नेहाका पति डा. पंकजलाई ग्रान्डी अस्पतालले गर्यो बर्खास्त



काठमाडौं, २० मंसिर । दाइजोको निहुँमा श्रीमतीलाई घरेलु हिंसा गरेको आरोप लागेका डा.पंकज चौधरी कार्यरत हस्पिटलबाट निकालिएका छन् । टोखास्थित ग्राण्डी अस्पतालमा कार्यरत चौधरी घरेलु हिंसा गरेको खबरसँगै सेवाबाट बर्खास्त भएका हुन् ।

डा.चौधरीले नर्भिक अस्पतालमा नयाँ नियुक्ति लिने तयारी थिए तर उनको विरुद्ध समाचारआएसँगै नियुक्ति रोकिएको हो । जागिरबाट हात धुन परेको छ ।

उनीविरुद्ध श्रीमती नेहाले जिल्ला अदालत महोत्तरीमा दुई मुद्दा दायर गरेकी छिन । घरेलु हिंसा र दाइजोविरुद्ध गरी दुई मुद्दा उनीविरुद्ध दर्ता भएका छन् ।

उनीहरुको लामो प्रेम सम्बन्धपछि गत फागुनमा विवाह भएको थियो । विवाह भएदेखि नै काठमाडौंमा घर दाइजो दिनुपर्ने भन्दै उनका श्रीमान र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरु गरेको नेहाले बताएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्