Logo

पुष्पा न्यौपाने मृत्यु प्रकरणमा संग्रौला प्रहरी हिरासतमा, अरु छुटे



काठमाडौं, २० मंसिर । जलेर मृत्यु भएको अवस्थामा भेटिएकी पुष्पा न्यौपानेको मृत्यु प्रकरणमा चार जना पक्राउ छन् । पक्राउ परेका चार जना मध्ये पुष्पासँग इन्गेजमेन्ट गरेको सुधन संग्रौला चाँही प्रहरीको हिरासतमा छन् । उनका बुवा, आमा र मधु संग्रौला भने छुटेका छन् ।

काठमाडौंको दरबारमार्गस्थित केल्मी ब्राण्डको शोरुमकी सञ्चालक न्यौपानेको परिवारले सोमबार आत्महत्या दुरुत्साहन गरेको भन्दै केटापक्षका ४ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो । विवाहका लागि गत भदौमा २९ वर्षीय सुधन संग्रौलासँग न्यौपानेको इन्गेजमेन्ट भएको परिवारले बताएको छ ।

इन्गेजमेन्ट टुटेपछि विरक्तिएकी पुष्पाको मृत्यु शंकास्पद भएको भन्दै परिवारले ४ जना विरुद्ध प्रहरी वृत्त महाराजगञ्जमा किटानी जाहेरी दिएको हो ।

प्रहरीका अनुसार पुष्पाले केटाको घरको गेटअगाडी पेट्रोल खन्याएर आगो लगाएर आत्महत्या गरेकी थिइन् । केटा पक्षले बचाउनुको सट्टा आत्महत्या गर्न दुरुत्साहन गरेको परिवारको आरोप छ ।

उनलाई उद्दार गरेर किर्तिपुरस्थित बर्न सेन्टरमा पुर्याइएकोमा सोमबार बिहान उपचारको क्रममा उनको मृत्यु भएको हो । पुष्पाका परिवारले सुधन संग्रौला, मधु संग्रौला, दिनेश संग्रौला, बिन्दु संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको हो ।

उनीहरु २०७८ को माघ महिनामा परिचय भएपछि विस्तारै प्रेम सम्बन्धमा पुगेका थिए ।

उनीहरुबीच भदौ १८ गते इन्जेगमेन्ट भएको र कात्तिकमा जनै सुपारी र दक्षिणा फिर्ता गर्दै इन्गेजमेन्ट तोडिएको केटापक्षले घोषणा गरेको बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्