Logo

गण्डकी प्रदेशका सांसद दीपक मनाङेलाई नेकपा (एकीकृत समाजवादी) मा स्वागत (फोटोफिचर)



काठमाडौं, २० मंसिर । नेकपा (एकीकृत समाजवादी) ले गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङलाई स्वागत गरेको छ । आज (मंगलबार) पार्टी कार्यालयमा विशेष कार्यक्रममार्फत उनलई महासचिव वेदुराम भुसालले स्वागत गरेका हुन् ।

सो क्रममा उनले मनाङेको प्रशंसा गरेका थिए । र, आम मानिसले मनाङेबाट धेरै कुरा सिक्नुपर्नेमा उनले जोड दिएका थिए । उनले भनेका छन्,‘‘मान्छेलाई विगतको आँखाले मात्र हेर्नु हुँदैन, वर्तमानमा के छ भनेर हेर्नुपर्छ, राजीवजीले आफ्नो विगतलाई बदलेर जनसेवाको प्रतिबद्धताका साथ अघि बढ्नुभएको छ । यसलाई सकारात्मकरुपमा लिनुपर्छ ।’

हिजोमात्रै मनाङे सो पार्टीमा प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष माधव नेपालले आफ्नो निवासमा स्वागत गरेका हुन् । त्यसको भोलिपल्ट आज पार्टीले आधिकारिक रुपमा पत्रकार सम्मेलन गरेर उनलाई स्वागत गरेको हो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्