Logo

राष्ट्रपति भण्डारीसँग सिके राउतको भेटवार्ता



काठमाडौं, २० मंसिर । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभाका नवनिर्वाचित सांसद डा. सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । निर्वाचन जितेर काठमाडौं आएसँगै राउतको भेटवार्ता बाक्लो बन्दै गएको छ ।

यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतसँग भेटवार्ता गरिसकेका छन् ।

आज भने उनले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका छन् । उनले सो भेटबारे जानकारी दिँदै फेशबुकमा लेखेका छन्–‘सम्माननीय राष्ट्रपतिज्यूसँग शिष्टाचार भेटघाट तथा देशको समसामयिक राजनीतिक निकासको विषयमा छलफल ।



प्रतिक्रिया दिनुहोस्