Logo

ब्राउनसुगरसहित पक्राउ



कैलाली, २० मंसिर । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । कैलारी गाउँपालिका–७ रामपुर बस्ने रामशरण चौधरीको घरबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ९ सय मिलिग्राम सहित धनगढी उपमहानगरपालिका–८ बस्ने २४ वर्षीय रोशन शाह समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले चौधरीको घर तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्