Logo

पोर्चुगल विश्वकपको क्वाटरफाइनलमा



काठमाडौं, मंसिर २१ । सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थानमा शुरुवात गरेका गोन्सालो रामोसले ह्याट्रिक पुरा गरेपछि पोर्चुगल फिफा विश्वकप-२०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्विट्जरल्यान्डमाथि ५-१ गोलको फराकिलो जीत निकाल्दै पोर्चुगल तेस्रोपटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो ।

लुसाइल इकोनिक स्टेडियममा भएको खेलमा पोर्चुगललाई जीत दिलाउन रामोसले ह्याट्रिक पूरा गर्दा पेपे, राफायल गुरेरो र राफाएल लियोले समान एक-एक गोल थपे । स्विट्जरल्यान्डको लागि मानुएल अकान्जीले एक गोल फर्काए । खेलको १७ औं मिनेटमा फिलिक्सको पासमा रामोसले गोल गर्दै पोर्चुगललाई शुरुवाती अग्रता दिलाएका थिए ।

३३ औं मिनेटमा ब्रुनोको कर्नरमा पेपेले हेडर गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । ५१ औं मिनेटमा डालोटको पासमा रामोसले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई सहज स्थितिमा पुर्याएका थिए । ५५ औं मिनेटमा रामोसको पासमा गुरेरोले गोल गर्दा पोर्चुगल फराकिलो जीततर्फ अगाडि बढेको थियो । ५८ औं मिनेटमा अकान्जीले गोल गर्दै स्विट्जरल्यान्डलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

तर ६७ औं मिनेटमा फिलिक्सको पासमा रामोसले व्यक्तिगत तेसो गोल गर्दै ह्याट्रिक पूरा गरेर पोर्चुगललाई ५-१ गोलको अग्रता दिलाए । जारी विश्वकपमा यो पहिलो ह्याट्रिक हो । यस्तै इन्जुरी समयको दोस्रो मिनेटमा गुरेरोको पासमा लियोले गोल गर्दै पोर्चुगललाई ६-१ गोलको फराकिलो जीत दिलाए । जीतसँगै पोर्चुगल क्वाटरफाइनलमा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्