Logo

भिनाजुको हँसिया प्रहारबाट सालाको मृत्यु



कैलाली, मंसिर २१ । कैलालीमा भिनाजुको हँसिया प्रहारबाट सालाको मृत्युभएको छ। जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको भिनाजु नाता पर्ने स्थानीय ५० बर्षीय गौरीलाल ढुङगानाको हँसिया प्रहारबाट मृत्यु भएको प्रहरीले बताएको छ।

भिनाजुको हँसिया प्रहारबाट अर्का साला ४० बर्षीय जयराज भण्डारी गम्भिर घाइते भएका छन।

उनलाई उपचारका लागि कोहरलपुर रिफर गरिएको छ। मंगलबार राति करिब ९ बजे भएको घटना पछि आरोपित ढुङगाना फरार हरेको प्रहरीले जनाएको छ। उनको खोजीका लागि प्रहरी परिचालन गरिएको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्