Logo

पहिलो जीतको खोजीमा नेपाल नामिबियासँग खेल्दै



काठमाडौं, मंसिर २१ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली नामिबियाको सामना गर्दैछ । युनाइटेड क्रिकेट क्लब मैदानमा हुने खेल दिउँसो १ः४५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा नेपाल नामिबियालाई हराउँदै सिरिजमा पहिलो जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । नामिबियाविरुद्ध भएको पहिलो खेलमा वर्षा बाधक बन्दा अंक बाढेको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग ३ विकेटले पराजीत भएको थियो ।

यता नामिबिया भने लगातार दोस्रो जीतको खोजीमा रहेको छ । पहिलो खेलमा स्कटल्याण्डसँग ४ विकेटले पराजीत भएको नामिबियाले दोस्रो खेलमा नेपालसँग अंक बाढेको थियो । सोमबार भएको खेलमा स्कटल्याण्डलाई ३ विकेटले हराउँदै नामिबियाले पहिलो खेलमा भोगेको हारको बदला लिएको थियो ।

हाल नामिबिया २९ खेलबाट ३५ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । २२ खेलबाट १८ अंक जोडेको नेपाल छैटौं स्थानमा रहेको छ । एकदिवसीय मान्यतालाई जोगाइराख्न नेपाललाई शीर्ष पाँचमा उक्लिन चुनौती रहेको छ ।



प्रतिक्रिया दिनुहोस्