Logo

ट्रम्प अर्गनाइजेसन करछलिको मुद्दामा दोषी ठहर



काठमाडौं, मंसिर २१ । पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पारिवारिक घरजग्गा कम्पनी करछली र अन्य आर्थिक अपराधमा दोषी ठहरिएको छ । मङ्गलबार न्यूयोर्कको एक अदालतमा न्यायाधीशहरूले द ट्रम्प अर्गनाइजेसनलाई सबै अभियोगमा दोषी पाएका हुन् ।

उक्त कम्पनीमाथि १७ अभियोग लगाइएका थिए जसमा षड्यन्त्र, झुटा प्रतिवेदन र वर्षौँदेखि आफ्ना कार्यकारीका लागि करछलीका प्रकरण चलाएको कुरा समावेश थिए ।

उक्त व्यवसाय पूर्व राष्ट्रपतिको पर्यायका रूपमा छ तर सुनुवाइमा ट्रम्प र उनका परिवारका कुनै सदस्य सहभागी थिएनन् । उनीहरूमाथि कुनै अभियोग लगाइएको छैन ।

तर अभियोजनकर्ताहरूले ट्रम्पले कर छलीमा मन्जुरी दिएको स्पष्टसँग देखिएको आरोप लगाएका थिए । त्यस्तो अभियोगले उनको सन् २०२४ को राष्ट्रपतिमा उठ्ने प्रयासलाई असर पार्न सक्छ ।

उक्त फैसलाप्रति पुनरावेदन गरिने बताउँदै ट्रम्पले आफू निराश भएको बताउँदै उक्त घटनालाई बदलाको नियतले छानेर कारबाही गरेको को रूपमा व्याख्या गरे ।

उक्त कम्पनी एक दशकभन्दा बढी समयदेखि आफ्ना शीर्ष कार्यकारीहरूलाई अपारदर्शी ढङ्गले मुनाफा दिएकोमा दोषी पाइएको हो ।



प्रतिक्रिया दिनुहोस्