Logo

शाहरुख खानका छोरा आर्यनले गरे फिल्मको घोषणा



एजेन्सी, २१ मंसिर । बलिउडका बादशाह शाहरुख खानका छोरा आर्यन खानले आफ्नो पहिलो प्रोजेक्ट घोषणा गरेका छन् । स्टार किड आफैंले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै यसको जानकारी दिएका छन् ।

आर्यनले यसै प्रोजेक्टबाट निर्देशकको रुपमा आफ्नो करियर सुरु गर्नेछन् । पोस्ट मार्फत आर्यनले लेख्ने काम लगभग पूरा भइसकेको र छिट्टै रेड चिलीज प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन सुरु गर्ने बताए ।

किंग खानका जेठा छोरा आर्यनले डिसेम्बर ६ अर्थात मंगलबार साँझ सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै आफ्नो डेब्यू प्रोजेक्टको घोषणा गरेका हुन् । पोष्ट सेयर गर्दै आर्यनले लेखेका छन्,‘लेखन सकियो, सुटिङ सुरु हुनको लागि पर्खिन सक्दिनँ।’ यद्यपि पोस्टमा आर्यनले आफूले फिल्ममा काम गर्ने कि वेब सिरिज बनाउने भन्ने खुलाएका छैनन् ।

आर्यन खानको करियरको यो पहिलो प्रोजेक्ट हो । यस्तो अवस्थामा शाहरुखका फ्यानहरु उनको नयाँ प्रोजेक्टलाई लिएर निकै उत्साहित छन् । एक प्रयोगकर्ताले सामाजिक सञ्जालमा लेखेका छन्,‘तपाईंको काम हेर्नको लागि पर्खिँदै हुनुहुन्छ।’ भने अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईंको करियर सुरु गर्नका लागि सबै शुभकामना।’



प्रतिक्रिया दिनुहोस्