Logo

बिहारको राजधानी पटनामा प्रदूषणको ग्राफ बढ्दै



एजेन्सी, २१ मंसिर । पटनामा प्रदूषणको प्रभाव निरन्तर बढिरहेको छ । गंगाको डायराबाट बालुवाका कण हावा हुँदै सहरमा पुगेकाले पूरै वातावरण प्रदूषित भएको छ । यसबाहेक राजधानीका सडकमा बालुवाको बाक्लो तहले प्रदूषणको अवस्था निकै गम्भीर बनेको छ । यसैबीच राजधानीमा भइरहेको निर्माण कार्यले पनि प्रदूषणलाई जोखिमपूर्ण बनाएको छ ।

राजधानीको गंगाको डायराबाट ठूलो परिमाणमा बालुवाका कण सहरमा पुगेकाले प्रदूषणको अवस्था गम्भीर बन्दै गएको विज्ञहरू बताउँछन् । यसबाहेक ट्रक र ट्रयाक्टरबाट सहरमा बालुवा ढुवानी हुने गरेकोले अवस्था जटिल बन्दै गएको छ । प्लाष्टिकको सिट नछोडी ट्र्याक्टरबाट बालुवा ढुवानी हुने गरेकोले बालुवाका कण वातावरणमा सजिलै मिसिन थालेका छन् ।

हावाको गति सुस्त र आर्द्रता बढेका कारण राज्यमा प्रदूषणको अवस्था निकै गम्भीर बनेको छ । अहिले राजधानीदेखि साना सहरसम्म प्रदूषणको अवस्था खतरनाक बन्दै गएको छ । वायुमण्डलमा आर्द्रता बढेपछि जमिनबाट निस्कने धुलोका कणहरू छरपस्ट हुन सक्दैनन् ।

बिहार राज्य प्रदूषण नियन्त्रण बोर्डका अध्यक्ष डा अशोक कुमार घोष राज्यको वातावरणमा प्रदूषण बढ्नुको एउटा महत्त्वपूर्ण कारण अहिले राज्यमा आठदेखि दश किलोमिटरको गतिमा हावा चलिरहेको बताउँछन्। जसका कारण धुलोको कण छरपष्ट हुन सकेको छैन ।

हावाको गति २५ किलोमिटर भयो भने प्रदूषणको मात्रा निकै कम हुन सक्छ । यसका लागि जनताले अझै एक महिना कुर्नुपर्नेछ । हावाको गति प्रायः मध्य जनवरी पछि मात्र राज्यमा हट्ने देखिन्छ। अर्कोतर्फ, मंगलबार बिहारका धेरै सहरहरूमा प्रदूषण दिल्लीभन्दा बढी रेकर्ड गरिएको थियो। छपरा राज्यमा सबैभन्दा प्रदूषित रह्यो, जहाँ ब्त्तक्ष् द्धज्ञज्ञ मा रेकर्ड गरिएको थियो, जबकि दिल्लीको घछघ थियो।

राजधानीको एएन कलेजका पूर्व प्राचार्य तथा वातावरणविद् डा.विहारी सिंह राजधानीको कूल प्रदूषणको ५० प्रतिशत सवारीसाधनको धुवाँ रहेको बताउँछन् । सहरमा चलेका पुराना सवारीसाधनबाट निस्कने धुवाँका कारण प्रदूषणको अवस्था निकै गम्भीर बनेको छ ।

मंगलबार पनि छपरा प्रदेशकै सबैभन्दा प्रदूषित सहर बनेको छ । त्यहाँ प्रदूषणको मात्रा ४११ मा रेकर्ड गरिएको थियो । राज्यका अधिकांश ठूला सहरहरूमा प्रदूषणको मात्रा ३०० एक्युआईभन्दा माथि रह्यो, जुन मानव स्वास्थ्यका लागि निकै खतरनाक मानिन्छ । छपरा बाहेक पटना, आराह, सासाराम, राजगीर, मोतिहारी, सिवान लगायतका धेरै सहरको एक्युआई उल्लेख्य रुपमा बढेको छ ।



प्रतिक्रिया दिनुहोस्