Logo

साहसिक पर्यटनको गन्तव्य बन्दै पाल्पा



तानसेन, २१ मंसिर । काठमाडौँका विकाश मर्हजन पाल्पाकोे तानसेनमा ओर्लिएपछि आकाशमा चङ्गा उडे जस्तै प्याराग्लाईडिङ्ग देख्दा त्यसमा बसी सयर गर्न आकर्षित हुनुभयो । चौथो पटक पाल्पा घुम्न आउनुभएका उहाँलाई यसपाली भने प्याराग्लाईडिङ्गले तान्यो ।

“एतिहासिक तानसेन वजारलाई आकाशबाट हेर्दाको मजा नै वेग्लै हुँदो रैछ”, उहाँ भन्नुहुन्छ, “चिसो मौसमलाई न्यानो बनाउन प्याराग्लाईडिङ्ग राम्रो माध्यम बनेछ ।”

ढाका र करुवाले परिचय बनाएको पाल्पाको पहिचानमा अहिले साहसिक पर्यटनले पनि विस्तार गरेको छ । यहाँ संचालित साहसिक जल यात्रा ९¥याफ्टिङ०, प्याराग्लाईडिङ्ग र जीपलाईनले पर्यटकलाई आर्कषित मात्र गरेको छैन्, जिल्लाको पर्यटन प्रर्वद्धनमा थप टेवासमेत पु¥याएको छ ।

पहिलो पटक रानीमहल घुम्न आउनुभएका नेपालगञ्जका सुदीप पौडेलले कालीगण्डकी नदीमा ¥याफ्टिङको आनन्द लिनुभयो । “पहिला त निकै डर लागेको थियो, पछि ¥याफ्टिङ गर्दा आनन्द महसुस भयो”,’ उहाँ भन्नुहुन्छ, ‘प्रकृतिसँग रमाउदै पानीमा डुबुल्की मार्न कालीगण्डकी राम्रो गन्तव्य रहेछ ।” तानसेन नगरपालिकाबाट १३ किलोमिटर उत्तरतर्फ रहेको रानीमहल ढुङ्गे चट्टानमा अवस्थित छ । यसको आडमा बगेको कालीगण्डकी नदीमा साहसिक जल यात्रा सुरु गरिएपछि पर्यटकको आकर्षण बढेको हो । पर्यटनसँग सम्बन्धित काम गर्ने संस्था गेट अप पाल्पाका अनुसार यहाँ दैनिक पाँचसयभन्दा वढी आन्तरिक तथा वाह्य पर्यटक भ्रमण गर्दछन् ।

यहाँका एतिहासिक तानसेन वजार, रानीमहल, भैरव मन्दिर, ऋषिकेशवलगायत स्थान मुख्य गन्तव्य हुन् । रानीमहलमा मात्रै दैनिक दुईसय भन्दाबढी आन्तरिक तथा वाह्य पर्यटक भ्रमर्ण गर्दछन् भने दैनिक १५ देखी २० जनाले साहसिक जलयात्रा गर्दछन् । स्याङ्गजाको बिर्घाकी १६ वर्षीया नितिसा पाण्डेले चार पटक रानीमहल भ्रमण गरेपनी साहसिक जलयात्रा भने गर्नुभएको थिएन् । उहाँ भन्नुहुन्छ, “मेरो घर नजिकै भएर पनि यहाँ ९¥याफ्टिङ० सुविधा छ, भन्ने थाहा थिएन् ।” चौथोपटक रानीमहल आउँदा अन्य साथीले जलयात्रा गरेको देखेर आफूले पनि जलयात्रा गर्न साहस गरेको उहाँ बताउनुहुन्छ ।

तानसेनको बतासेडाँडाबाट प्रभास तालछेउसम्म प्याराग्लाईडिङ्ग संचालन गरिएको छ । एक पाइलट र एक यात्रु राखेर तानसेन वजार, श्रीनगरलगायत मनोरमस्थलका दृश्यावलोकन गराउने गरिएको तानसेन स्काईका संचालक रुपम कक्षपतीले जानकारी दिनुभयो । यात्रुहरुको रोजाइअनुसार २० देखी ४५ मिनेटसम्म आकाशमा उडाउने गरिएको उहाँको भनाइ थियोे । प्याराग्लाइडिङबाट सुन्दर फाँट र उत्तरी क्षेत्रका हिमशृङ्खलासमेत हेर्न सकिन्छ । प्याराग्लाइडिङका लागि असोज, कात्तिक, मंसिर, वैशाख र जेठ महिना उपयुक्त समय हो । पोखरा, स्याङजा, धरान, लतिपुर, काठमाडौँ लगायतक्षेत्रमा प्याराग्लाइडिङ हुँदै आएको छ । सामान्यतया एक हजार मिटरमाथिसम्म प्याराग्लाइडिङ उडान हुने गर्दछ ।

तानसेन बजारसँगै जोडिएको रिब्दीकोट गाउँपालिका–४स्थित भैरवस्थानमा रहेको भैरव मन्दिरको आडैबाट संचालित जीपलाईन यहाँ आउने पर्यटकहरुको अर्को गन्तव्य बनेको छ । पाँचसय मिटर दूरीको जीपलाईनमा डोरीमा झुण्डिदै साइकिलिङ्ग गर्न दैनिक १५ देखी २० जना पुग्ने गरेको त्यसका संचालक देव पचभैया बताउनुहुन्छ । उक्त जीपलाईन पाल्पा दर्शन प्रा।लि।ले संचालनमा ल्याएको हो । दक्षिण एसियाकै ठूलो त्रिशुलबाट परिचय बनाएको भैरव मन्दिरको दर्शनसँगै जीपलाईनको आनन्द लिन पर्यटकहरु आउने गरेका छन् ।

नेपालको भूगोलअनुसार पदयात्रा, पर्वतारोहण, कठिन ट्रयाकमा साइक्लिङ रेस, क्यानोनिङ, प्याराग्लाइडिङ्ग, अल्ट्रालाइट, बञ्जी जम्प, रक क्लाइम्बिङ, हाइरोप्स, जिपफ्लायर्स, जङ्गल सफारी, स्काई ड्राइभिङ र स्किइडलगायतलाई साहसिक खेल मान्ने गरिएको छ । नेपाल सरकारले १९५३ मा सगरमाथा हिमाल आरोहणका लागि खुलागरेसँगै नेपालमा साहसिक पर्यटन सुरु भएको पाइन्छ ।



प्रतिक्रिया दिनुहोस्