Logo

संसद् सचिवालयले जबराविरुद्धको महाभियोग निस्क्रिय बनाएपछि बालुवाटारमा आकस्मिक बैठक



काठमाडौं, २१ मंसिर । संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उनीविरुद्धको महाभियोग निस्क्रिय भएको पत्र थमाएपछि बालुवाटारमा हंगामा मच्चिएको छ। संसद् सचिवालयबाट आफूविरुद्धको महाभियोग निष्प्रभावी भएको पत्र पाएपछि जबरा आजै सर्वोच्च अदालत फर्कने तयारीमा छन् । उनी अदालत जानुअघि नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक बैठक बसेको छ ।

अहिले कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की बालुवाटार पुगेका छन् । यसअघि पनि जबरा अदालत फर्कने तयारीमा हुँदा उनलाई सरकारी निवासमै रोकिएको थियो । आजको बालुवाटार बैठकले के गर्छ ? भन्नेबारे अहिले कुनै यकिन भएको छैन् ।

यही मंसिर २७ गते अनिवार्य अवकाश पाउन लागेका जबराले भने संसद् सचिवालयबाट महाभियोग निष्प्रभावी भएको पत्र पाउनुलाई आफूले न्याय पाएको बताएका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफूले न्याय पाएको भन्दै खुशी व्यक्त गरेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्