Logo

अफ्ताब आलम अहिले आफूले गरेको अपराधको पाप भोगिरहनुभएको छ : सांसद साह (भिडिओसहित)



काठमाडौं, २१ मंसिर । रौतहट–२ बाट स्वतन्त्रमा निर्वाचित सांसद किरणकुमार साहले अफ्ताब आलमले अहिले पहिले गरेको पाप भोगिरहेको बताएका छन् । उनले आफूले आलमको दादागिरी तोडेको पनि दाबी गरे । नवनिर्वाचित साहले आफूलाई जनताले अपार माया गरेर जिताएको पनि सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले उनले यस्तो बताएका हुन् । उनले जनता समाजवादी पार्टीलाई त आफूले पार्टी नै नमान्ने टिप्पणी गरे । उनले जसपा त उपेन्द्र यादवले जे भन्यो त्यही हुने गरेको बताए ।

उनले अफ्ताब आलमले सो क्षेत्रको विकासको लागि केही पनि योगदान नगरेको जिकिर गरे । उनले आफू स्वतन्त्रबाट निर्वाचित भएकोले अहिले कुनैपनि दलमा नजाने स्पष्ट पारे । उनले आफूलाई गठबन्धनमा आवद्ध दलले आफ्नै पार्टीमा आउन निमन्त्रणा दिएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्