Logo

जबरा सर्वोच्च फर्कने भएपछि नेपाल बार एशोसिएशनको आकस्मिक बैठक जारी



काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफूविरुद्धको महाभियोग निष्प्रभावी भएपछि सर्वोच्च अदालत फर्कने तयारी गरेपछि नेपाल बार एसोसिएसन छलफलमा जुटेको छ । अहिले बारको आकस्मिक बैठक जारी छ ।

संसद् सचिवालयले आजमात्रै जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको जानकारी सम्बन्धित निकायमा गराएको हो । जबराले भने आफूले न्याय पाएको प्रतिक्रिया दिएका छन् । उनले आफू आज दिउँसो २ बजे नै सर्वोच्च अदालत जाने र नियमित काम गर्ने जानकारी दिएका छन् ।

जबरा अदालत फर्कने भएपछि अहिले सर्वोच्च अदालत परिसरमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । उता, बालुवाटारमा पनि सत्ता गठबन्धनका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेको बताईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्