Logo

झापाकी ३९ वर्षीया महिलाले ८ जना ब्यक्तिहरुलाई ‘बलात्कार आरोपमा फसाएको’ भन्दै पीडित परिवार न्यायको लागि मिडियामा



काठमाडौं, २१ मंसिर । झापाकी ३९ वर्षीया गिता श्रेष्ठले विभिन्न ८ जना ब्यक्तिहरुलाई बलात्कार गरेको भनि फसाएको भन्दै पीडित परिवार न्यायको लागि मिडियामा आएको छ ।

जेलमा रहेका ८ व्यक्तिमध्ये निरज शर्माको श्रीमती नीतु शर्मा महिलामाथि बलात्कार गर्न श्रीमानलाई सहयोग गरेको आरोपमा पक्राउ गरी धरौटीमा रिहा भएकी छिन् ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शर्माले आफू निर्दोष भएको बताएकी हुन् । उनले भनिन् ‘मेरो श्रीमान र गीता श्रेष्ठ टिकटकमा साथी हुनुभएको रहेछ, तर मैले उहाँलाई चिनेको थिइनँ, एकदिन आफूसँग पैसा नभएकोले एक दिनको लागि तपाईंको घरमा बास दिनु न भनेकोले श्रीमानको आग्रहमा घरमा बास दिने निर्णय गरेका थियौं, उहाँहरुबीच औषधी व्यवसाय गर्ने सल्लाह भएको रहेछ ।’

सोही रात आफ्नो घरमा सानो पार्टीको आयोजना गरेको भन्दै उनले पार्टी खाएपछि श्रीमानलाई उक्त महिलाले सुत्ने कोठातिर तानेको हुनसक्ने आशंका गरिन् । भोलिपल्ट बिहान कसैसँग केही नभनी महिला घरबाट गएको र बेलुका एकैपल्ट प्रहरी लिएको आएको उनले सुनाइन् ।
पत्रकार सम्मेलनमा बोल्दै नुरप्रसाद अधिकारीले देशमा न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको लापरवाहीले आम नागरिकहरुले न्याय नपाएको बताएका छन् ।

एक महिलाले आठ जना पुरुषहरुलाई बलात्कारको मुद्दा लगाएर फसाउँदा समेत प्रहरी प्रशासन चुप बसेको भन्दै उनले आपक्ति जनाए । उनले बलात्कार गरेको आरोप लागेका आठ जनामध्ये कोही जेलमा रहेका र कोही धरौटीमा रिहा भएको सुनाए । उनले भने,‘एक महिला बदमास भएकै कारण धेरै पुरुषहरुले दुख पाए ।’

आरोपित निरज शर्मा १४/१५ महिनादेखि जेलमा रहेको उल्लेख गर्दै उनले नीतु शर्मामाथि अनाहकमा दोष लगाएको टिप्पणी गरे । उनले भने,‘गीता श्रेष्ठले अनिल बास्तोलाले बलात्कार गरेको भन्दै मोरङ अदालतमा, निरज शर्मालाई काठमाडौंमा, मधुसुधन पाण्डे,राजु राउत, नयन डाँगी र दिनेशकुमार थापा र नयन श्रेष्ठले बलात्कार गरेको भनेर मुद्दा दिएकी छिन् । महिलाहरु शहरमा घुमीघुमी, पुरुष छानीछानी यस्तो आदत लागेमा नेपालको स्थिति कता जाला, यो गम्भिर ठुलो विषय हो ।’

महिलाको राजिखुशीले सम्बन्ध भएपनि पछि बलात्कारको घटनामा परिणत गरिने उनको भनाइ थियो । अधिकारी एक महिलाले आठ जना पुरुषहरुलाई थुनाएको देख्दा समेत देशमा सबै अंग मौन रहेको भन्दै आक्रोसित भए ।

प्रहरीले प्रमाणको आधारमा आरोपितलाई सजाय तोक्नुपर्ने उनले धारणा राखे । पक्राउ परेकामध्ये एक जना काठमाडौंको भद्र जेल र दुईजना पोखराको जेलमा रहेको उनले सुनाए । उनले एक महिलाले ८ जना पुरुषलाई फसाएको हो वा होइन त्यसबारे अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।
निरज शर्माको जेठान अशोक श्रेष्ठले ती महिलाको मोरङ जिल्ला अदालतमा २०७५ मा पनि जबरजस्ती करणीमा मुद्दा रहेको बताए । महिलाले त्यतिबेला झापाका अमिर बास्तोलालाई फसाएको जिकिर गरे ।

 

 

 



प्रतिक्रिया दिनुहोस्