Logo

सरकारले सुरक्षा प्रवन्ध नगरे म हिँडेरै सर्वोच्च पुग्छु : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा



काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सरकारले सुरक्षाको प्रवन्ध नगरे आफू पैदल हिँडेरै अदालत पुग्ने बताएका छन् । संसद् सचिवालयबाट संविधानसम्म्त निर्णय भएकोले आफू अदालत पुगेर हाजिर गर्ने उनको प्रतिक्रिया छ । जबरा अदालत जाने तयारी गरेसँगै सर्वोच्च अदालतको मूल गेटमा नेपाल बार एशोसिएशनले धर्ना दिएको छ ।

ठूलो मात्रामा प्रहरी तैनाथ गरिएको छ । अदालतभित्र प्रवेश गर्नै सवारीहरुमाथि कडा चेकजाँच गर्ने गरिएको छ । तर, जबराले भने आफू केहीबेरमा अदालत पुग्ने बताए । उनले भने,‘संसद् सचिवालयबाट संविधानसम्म्त निर्णय भएको छ । सरकारले त्यसो विरोध गर्दैन्, म आज जसरी पनि अदालत पुगेर हाजिर गर्छु ।’ उनले आफूलाई अदालत प्रवेशका लागि सरकारले नै समन्वय गर्ने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्