Logo

महाभियोग जीवितै छ–प्रवक्ता कार्की



काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग अझै जीवितै रहेको सरकारले जनाएको छ ।

पत्रकारसँग कुरा गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अबको प्रतिनिधि सभामा जबरमाथिको महाभियोगबारे छलफल हुने बताए ।

मन्त्रिपरिषदले निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कार्कीले महाभियोग जीवितै रहेको भन्दै महाभियोग संसदको सम्पत्ति भएको समेत बताए ।

प्रतिनिधि सभामा छलफल भएर निर्णयमा पुग्ने उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्