Logo

महाकाली नदीमा निर्माण भइरहेको संरचनाविरुद्ध क्रान्तिकारीको प्रदर्शन



काठमाडौं, २१ मंसिर । दार्चुलाको महाकाली नदीमा भइरहेको भारतीय हस्तक्षेपविरुद्ध धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतनिकट अखिल (क्रान्तिकारी)ले प्रदर्शन गरेको छ ।

राजधानीमा आज ‘हाम्रो भूमि मिच्न पाइदैन, हेपाहा छिमेकि चाहिदैन ।’भन्ने मुल नारासहित विद्यार्थीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् । क्रान्तिकारीले महाकाली नदीमा नेपालतीर वहाव फर्काएर भारतले निर्माण गरीरहेको तटबन्धन तत्काल बन्द नगरे महाकाली पुगेर आफूहरुले रोक्ने पनि चेतावनी दिएको छ ।

क्रान्तिकारीका अध्यक्ष मिलन राईको नेतृत्वमा माइतीघरमा आज ३५ जना बढी विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘वैज्ञानिक समाजवादी क्रान्ति जिन्दाबाद,भारतीय साम्राज्यवाद मुर्दावाद’नारा लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस्