Logo

जबराको महाभियोग निष्प्रभावी गर्ने पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर



काठमाडौं, २१ मंसिर । सर्वोच्च अदालत बार एशोसिएसनले संघीय संसद्का महासचिव भरतराज गौतमको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग निष्प्रभावी गर्ने पत्रविरुद्ध रिट हालेको छ । सर्वोच्च अदालत बारले आज दिउँसो रिट पेस गरेको हो ।

आजमात्रै संसद् सचिवालयले जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी बनाएको हो । जबरा आज अदालत जाने तयारीमा थिए । तर, सर्वोच्चको मूल गेटमा नै नेपाल बार एशोसिएशनले धर्ना दिएपछि उनी अहिलेसम्म अदालत पुगेका छैनन् । जबराले भने संसद् सचिवालयबाट संविधानसम्म्त निर्णय भएकोले आफू निर्वाध रुपमा अदालत जान पाउनुपर्ने जिकिर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्