Logo

१३ वर्षपछि रकीसँग हिना खानको ब्रेकअप भएकै हो त !



‘कहिलेकाहीँ असल हृदयले खराब हृदय देख्न सक्दैन’

एजेन्सी, २१ मंसिर । बलिउड अभिनेत्री हिना खानको हालैको इन्स्टाग्राम पोस्टले उनका फ्यानहरूलाई दुखित बनाएको छ । उनको पोष्ट पढ्दा मुटु टुटेको जस्तो लाग्छ । यो पोस्ट सार्वजनिक भएदेखि नै फ्यानहरूले हिनाले १३ वर्षपछि आफ्नो प्रेमी रकी जैसवालसँग ब्रेकअप गरेको अनुमान गरिरहेका छन् ।

पोस्ट सेयर गर्दै हिना खानले लेखेकी छिन्, ‘तिमीलाई धोका दिनेलाई विश्वास गरेकोमा आफूलाई माफ गर्नुहोस्। कहिलेकाहीँ असल हृदयले खराब हृदय देख्न सक्दैन।’

जबकि हिनाले अर्को पोस्टमा लेखेकी छिन्,‘विश्वासघात मात्र सत्य हो, जो अक्षुण्ण रहन्छ । अबेर रातिको विचार ।’ यी दुई पोस्टपछि हिनाका फ्यानहरु उनको बारेमा चिन्तित छन् । तर, हिनाको यो पोस्ट कस्को लागि हो ? अझै प्रष्ट भइसकेको छैन ।

रकी जायसवाल हिना खानको टिभी शो ’ये रिश्ता क्या कहलाता है’ को सह–निर्माता मध्ये एक थिए। दुबैको भेट शोको क्रममा सेटमा भएको थियो । शो को ८ वर्ष पछि, जोडीले आफ्नो सम्बन्ध सार्वजनिक गरे। रकीले बिग बोस ११ मा हिनालाई प्रस्ताव गरेका थिए । त्यसयता दुवैलाई धेरै पटक सँगै देखाएको थियो । हालै नोभेम्बर २७ मा हिनाले आफ्नो टर्की ट्रिपको तस्बिर सेयर गरिन्, जसमा रकी पनि उनीसँगै देखिएकी थिइन् । तर यो नयाँ पोष्टले ब्रेकअपको खबरलाई उकासिएको छ।

सन् २०२० मा मिडियालाई दिएको अन्तर्वार्तामा हिनाले आफ्नो विवाहको योजनाबारे खुलेर कुरा गरेकी थिइन् । यसै क्रममा हिनाले फिल्ममा आफ्नो करियर भर्खरै सुरु भएकोले बिहेको बारेमा सोच्न नसकेको बताइन् । पहिले विवाह टुङ्गोमा पु¥याउनु निकै जरुरी रहेको उनीहरुको बुझाइ छ । तर, २–३ वर्षपछि हिनाले विवाहको संकेत दिएकी थिइन् ।

हिनाको यो पोष्टमा उनका फ्यानहरुले कडा प्रतिक्रिया दिइरहेका छन् । एक प्रयोगकर्ताले पोस्टमा लेखे– ’मलाई आशा छ हिना ठीक छिन्।’ जबकि अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘हिनाले किन यस्तो लेखे ? आखिर के भयो उनको जीवनमा ।

http://www.adbl.gov.np


प्रतिक्रिया दिनुहोस्