Logo

उपेन्द्र यादवको निवासमा सिके राउत, ओली र ठाकुरसँग पनि भेटवार्ता



काठमाडौं, २१ मंसिर । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् । निर्वाचन जितेर काठमाडौं आएदेखि नै राउत राजनीतिक भेटवार्तामा व्यस्त छन् ।

आज उनले जसपाका अध्यक्ष यादवसँग भेटवार्ता गरेका हुन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा राउतले यादवलाई नै सप्तरी २ बाट पराजित गरेका हुन् । राउतले आजै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग पनि भेटवार्ता गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्