Logo

प्रधानमन्त्री देउवा आज धनगढी जाँदै



काठमाडौं, मंसिर २२ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृह प्रदेश धनगडी जाँदै छन् ।

सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको धनगढीमा आयोजना हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न देउवा आज धनगढी जान लागेका हुन् । देउवा काठमाडौबाट ११ बजे धनगढी उड्ने छन्। यस्तै दिउँसो २ बजे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सङ्घले महोत्सव आयोजना गरेको हो। महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ।

कैलाली उद्योग वाणिज्य सङ्घले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन।



प्रतिक्रिया दिनुहोस्

Screenshot