काठमाडौं, २२ मंसिर । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको चीनमा उपचार सुरु भएको छ ।
वंशाणुगत जण्डिसबाट ग्रसित नेता पुन फलोअपका लागि गत मंसिर १६ गते चीन प्रस्थान गरेका थिए ।
उनीसँगै उनकी श्रीमती तथा पूर्वसभामुख ओनसरी घर्ति र छोरी शिला पनि गएका छन् ।
पुनको उपचार सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालको क्वारेन्टिनमा भइरहेको सचिवालयले जनाएको छ ।
File Photo




प्रतिक्रिया