Logo

कुटनीति सडकमा प्रदर्शन गरेर दुनियाँमा समस्या समाधान भएको छैन, नेपालमा पनि हुँदैन् : डा. कर्ण (भिडिओसहित)



काठमाडौं, २२ मंसिर । विदेश मामिलाका जानकार एवम् पूर्व राजदुत डा. विजयकान्त कर्णले नेपाल भारत सिमा समस्या समाधानको लागि दुवै देशका उच्चस्तरीय संयन्त्रले छलफलमा बस्नुपर्नेमा जोड दिएका छन् । उनले सिमाको विषयमा काठमाडौंमा बसेर गरिने विरोध र प्रदर्शनले समस्या झनै बढ्ने पनि तर्क गरे ।

उनले भारतसँगको सिमा विवादको विषय काठमाडौंमा बसेर उठाउनेहरुलाई पोलिटिकल मार्केटिङ गरिरहेको संज्ञा दिएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दैै उनले अहिले सिमा विवादको विषयमा विरोध गर्नु भनेको राष्टवादी बन्न खोज्नु भएको पनि तर्क गरे ।

उनले सिमा विवादको लागि नेपाल र भारत दुवैतर्फका स्थापित संयन्त्रले बैठक बसेर समाधान गर्नुपर्नेमा जोड दिए । उनले चीनले नेपालको भूमी मिचेको कुरा स्थलगत अध्ययनले पनि पुष्टि भएको सुनाए । उनले नेपालका विदेशमन्त्री डा. नारायण खड्काको चीन भ्रमणको क्रममा दुई देशबीचको सिमा समस्या समाधान गर्नेबारे सहमति भएको सुनाए । उनले नेपालमा चीनले विगत लामो समयदेखि नाकाबन्दी गरेको पनि दाबी गरे । उनले कोभिडको बहानामा चीनले नेपालमाथि लगातार नाकाबन्दी गरेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot