Logo

चन्द्रागिरीमा विवाहित युवतीले गरिन् आत्महत्या



काठमाडौं, २२ मंसिर । काठमाडौंको चन्द्रागिरी वडा न. २ मा विवाहित एक युवतीले आत्महत्या गरेको खुलासा भएको छ । २५ वर्षीया दीपा पराजुलीको शव सोमबार झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

दीपाको ८ महिना अघि चिसापानीका सुन्दर थापासँग प्रेम विवाह भएको थियो ।

माइती पक्षले भने घरपक्षकाले दीपालाई विवाह लगत्तै दाइजोको नल्याएको भन्दै यातना दिएको आरोप लगाउदै कर्तव्य ज्यानसम्बन्धि जाहेरी दिएका छन् ।

प्रहरीले भने शवको पोस्टमार्टमको रिपोर्ट आएपछि मात्रै अनुसन्धान अगाडी बढाउने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्