Logo

जुवा खेल्ने नौ जना पक्राउ



काठमाडौं, २२ मंसिर । जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित सुरज तामाङले संचालन गरेको काठमाडौं भिल्ला एण्ड बारको पहिलो तलाको अपार्टमेन्टभित्र जुवातास खेलिरहेको अवस्थामा काभ्रे पाँचखाल नगरपालिका–८ घर भएकी २९ वर्षीया सोनु तामाङ समेत ९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ६ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्