Logo

लागूऔषधसहित पक्राउ



सर्लाही,२२ मंसिर । अवैध लागूऔषधसहित एकजना पक्राउ परेका छन् । रामनगर गाउँपालिका–१ जिलेविया चोकबाट अवैध लागूऔषध गाँजा करिब २ केजी सहित सोही ठाउँ बस्ने ३२ वर्षीय राकेश सहनीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी बहुअर्वाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, कञ्चनपुर, भिमदत्त नगरपालिका–११ भुजेलास्थित महाकाली नदी किनारबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १४ मिलिग्राम सहित सोही नगरपालिका(३ तिलकपुर बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गड्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्