Logo

समानुपातिकतर्फको उम्मेदवार छान्न शनिबारसम्मको समयसीमा



काठमाडौं, मंसिर २३ । राजनीतिक दलले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवार छनोटका लागि शनिबारसम्मको समयसीमा पाएका छन् । यस अवधिमा दलले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबाट उम्मेदवार छनोट गर्नुपर्नेछ ।

आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको सहायक निर्वाचन अधिकृतसमेत रहका सहसचिव यज्ञप्रसाद भट्टराईले राजनीतिक दललाई शनिबार कार्यालय समयभित्र छनोट भएका उम्मेदवारको सूची बुझाउन आग्रह गरिएको बताए। समानुपातिकतर्फको सिट बाँडफाँटबमोजिम प्रतिनिधि सभामा सात र प्रदेश सभामा १३ राजनीतिक दलको प्रतिनिधित्व हुनेछ ।

प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी २० सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रदेश सभामा प्रत्यक्ष र समानुपातिकमध्ये कुनै निर्वाचन प्रणालीमा भाग लिएन । प्रतिनिधि सभाको समानुपातिकतर्फ सो दलले १३ सिट पाएको छ ।

समानुपातिकतर्फ पाएको मतको आधारमा सिट सङ्ख्या र समावेशी समूहबाट निर्वाचित हुने उम्मेदवारको सङ्ख्या निर्धारण गरी आयोगले पत्राचार गरेको हो । आयोगले पठाएको पत्रमा राजनीतिक दलले उम्मेदवार छनोट गर्ने आधारसमेत खुलाइएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot