Logo

जबराविरुद्धको मुद्दा हेर्न संवैधानिक इजलास गठन



काठमाडौं, २३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग निष्क्रिय भएको संसद सचिवालयको निर्णयविरुद्ध परेको रिटको संवैधानिक इजलास गठन भएको छ ।

सर्वोच्च अदालतले गठन गरेको संवैधासिनक इजलासमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन् ।

जबरामाथि महाभियोग निष्क्रियविरुद्ध सर्वोच्च बारका अध्यक्ष अधिवक्ता पूर्णमान शाक्यले रिट दायर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्