Logo

नेपालले मित्रराष्ट्रहरुको विश्वास गुमाउँदै गएको छ : प्रदीप ज्ञवाली (भिडिओसहित)



काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपालले आफ्ना मित्र राष्ट्रहरुको विश्वास गुमाउँदै गएको बताएका छन् । नेपाल–भारत र नेपाल–चीन सम्बन्धको पछिल्लो अवस्थाबारे पत्रकार ऋषि धमलाले प्राइम टिभीको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ को लागि सोध्दा नेता ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन् ।

नेपाललाई भारतको सहयोग र समर्थनबारे धमलाले राखेको अर्को जिज्ञासामा उनले भने,‘उसको आफ्नो इन्ट्रेष्ट हुँदा सहयोग र समर्थन देखिन्छ । जस्तो केही महिनअघि प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानुभयो, हाम्रा एजेण्डामा छलफल भएनन् । हाम्रा एजेण्डा के के थिएन भन्दा सिमाका कुरा थिए, कालापानी, लिपुलेक र लिम्पियाधुराको कुरा थियो । डरलाग्दो व्यापार घाटा थियो, एउटा सानो इस्यु पनि छ, नेपाली चिया भारतीय बजार प्रवेशको लागि अनेकौं अवरोधहरु भैरहेको छ, यस्ता कुराहरु छन्, ती विषयमा केही पनि कुरा भएन । तर, भारतले नेपालका जलस्रोत अथवा उर्जाको विकासमा आफ्नो कहीँ न कहीँ उपस्थिति देखाउन खोजेको थियो, त्यसमा सर्लक्क सही भयो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot