Logo

सरकारले अध्यादेशको बचाउ गर्यो (भिडिओसहित)



काठमाडौं, २६ मंसिर । सरकारलले मुलुकको आन्तरिक एकता बलियो पार्न अध्यादेश जारी गरेको भन्दै बचाउ गरेको छ । सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त अध्यादेशको बचाउ गरेका हुन् । आज सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘“मुलुकलाई आन्तरिक एकताका साथ सहज वातावरणमा सबैलाई काम गर्न दिने मनशायका साथ मुलुकको राजनीतिक प्रणालीसँग अहसमत रहेर अहिंसात्मक क्रियापकलापमा संलग्न सबैलाई राजनीतिक मूलधारमा ल्याउने उदेश्यका साथ अध्यादेश सिफारिस गरिएको हो ।’

उनले अघिल्लो सरकारले पनि उक्त किसिमका अध्यादेश जारी गरेर माफि दिने सहमति गरेको स्पष्ट पारे । मन्त्री कार्कीले मुलुकलाई शान्ति, एकता र विकास चाहिएको उल्लेख गर्दै त्यसका लागि सबैको योगदान रहोस् भन्ने उदेश्यका साथ उक्त अध्यादेशको सिफारिस गरिएको स्पष्ट पारेका हुन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot