Logo

गुल्मीमा निर्माणाधीन अन्तर्राष्ट्रिय रंगशाला अलपत्र



गुल्मी, मँसिर २७ । गुल्मीमा निर्माणाधीन अन्तराष्ट्रिय रंगशाला अलपत्र परेको छ । इस्मा गाउँपालिका–६ अम्मरपुरमा निर्माणाधीन लखन थापा अन्तर्राष्ट्रिय रंगशाला रकम अभावका कारण अलपत्र परेको हो ।

माटो काट्ने, पर्खाल लगाउने र दुबो रोप्ने कार्यका लागि २०७५ चैतमा सुनकोसी अभियान जेभी काठमाडौंसँग राष्ट्रिय खेलकुद परिषद्ले कुल २ करोड ८० लाखमा सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७६ चैतमा काम अघि बढे पनि त्यसपछि भने काम अलपत्र अवस्थामा छ ।

‘रंगशालाका नाममा चौरको नाम–निशाना नै हटाइयो, अहिले चौर नै यता न उताको अवस्थामा छ,’ इस्मा गाउँपालिका–६ अम्मरपुरका ओमबहादुर कुमाल भन्छन्, ‘समयमै रंगशाला नबन्दा राज्यको लगानी बालुवामा पानी खन्याएजस्तो भएको छ । चौरमा पहिले रातो माटो हुने र त्यो लगेर घर लिपपोत गर्ने गरे पनि अहिले त्यो पनि हराएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot