Logo

बैतडीमा जिप दुर्घटना, ६ जना घाइते



बैतडी, मंसिर २९ । बैतडीमा जिप दुर्घटना भएको छ। जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ७ सुइलेकमा जिप दुर्घटना हुँदा चालक सहित ६ जना घाइते भएका हुन्।

बुधबार राती धनगढीबाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सु.प.प्र. ०१–००१ च ३३८८ नम्बरको जिप दुर्घटना हुँदा ६ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नरीक्षक लोकराज जोशीले जानकारी दिए।

उनकाअनुसार घाइते हुनेमा बुङ्गल नगरपालिका वडा नम्बर–७ अठ्पालीकी ४५ वर्षिया हर्का देवी धामी, २० वर्षिय सचिन धामी ,बुङ्गल नगरपालिका–८ की ५० वर्षिया मैना देवि बोहरा, बुङ्गल नगरपालिका वडा नम्बर–४ की ४८ वर्षिया लाली देवी कार्की, ५२ वर्षिय धनसरा सिंह र जिप चालक डोटीको जोरायल गाउँपालिका २ का ५५ वर्षिय बिष्णु भट्ट रहेका छन्।

घाइतेहरुको देउलेख स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी निरीक्षक जोशीले बताए। जिप सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्