Logo

वसन्तपुरमा मनाईयो काठमाडौं महानगरपालिकाको २८औं महानगर दिवस (फोटोफिचर)



काठमाडौं, २९ मंसिर । काठमाडौं महानगरपालिकाले २८ औं महानगर दिवसको वसन्तपुरमा एक कार्यक्रम आयोजना गरि मनाएको छ । २०५२ साल मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा भएको थियो । त्यही दिनको सम्झनामा महानगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउँदै आएको छ।

दिवसका अवसरमा महानगरले यसवर्ष सप्ताहव्यापी कार्यक्रम गरेको छ । टेकु दोभानमा नदी सरसफाइ तथा महानगरपालिकाका ५० खुला तथा सार्वजनिक ठाउँमा सरसफाइ भएको छ । त्यस्तै कला संस्कृतिलाई संरक्षण गर्न र त्यसका बारेमा जानकारी गराउने उद्देश्यले विभिन्न कार्यक्रम गरिएको महानगरले जानकारी दिएको छ ।

यसअघि महिला कुर्सी दौड प्रतियोगिता, प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बिच फुटबल, धिमे बाजा प्रतियोगिता लगायतका कार्यक्रमहरु महानगरले सम्पन्न गरिसकेको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot