Logo

समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच सम्झौता



काठमाडौं, २९ मंसिर । समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजार बिच मंसिर २९ गते सम्झौता भएको छ । यो सम्झौता पछि समृद्धि फाइनान्सका ग्राहकहरुलाइ ए टु जेड अनलाइन बजारबाट लेक्ट्रो ब्रान्डको इ–साइकल खरीद गर्दा सबै मोडेलमा फ्लाट रू १५००० सम्म छुट दिने भएको छ ।

सो सम्झौता पत्रमा समृद्धि फाइनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण दुवाडी र ए टु जेड अनलाइन बजारका प्रमुख कार्यकारी अधिकृत बिकाश भण्डारीले हस्ताक्षर गरेका हुन् ।

समृद्धि फाइनान्सका ग्राहकले डेबिट कार्ड, मोबाइल बैंकिंग, र क्युआर कोर्डमार्फत लेक्ट्रो ब्रान्डको इ–साइकल खरीद गर्दा सबै मोडेलमा फ्लाट रू १५००० छुट हुने यस संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot