Logo

पहिले नयाँ सरकार कि संसद अधिवेशन ?



काठमाडौं, पुस १ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेर राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । तर, प्रतिनिधिसभामा ठूलो दल बनेको नेपाली कांग्रेसले भने सरकार गठनभन्दा पहिले संसद अधिवेशन आह्वानको अपेक्षा गरेको छ ।

आयोगले बुधबार प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको थियो भने बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिनिधिसभातर्फको निर्वाचन प्रतिवेदन बुझाएको हो । प्रतिनिधिसभातर्फको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ ।

नेपालको संविधान २०७२ मा निर्वाचन परिणाम बुझेपछि राष्ट्रपतिले नयाँ सरकार गठन र संसद अधिवेशन आह्वान गर्न सक्ने व्यवस्था छ । सोहीअनुसार राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रियाअघि बढाउनसमेत चाहेकी छन् ।

‘प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्नेछ’ संविधानको धारा ७६(८) मा भनिएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot